back
CTIZAN AD

मार्जिन कारोबार कार्यविधि संशोधन गर्नुपर्ने स्टक ब्रोकर संघको माग

वि.सं.२०७९ वैशाख २३ शुक्रवार

600 

shares

काठमाडौं । स्टक ब्रोकर संघले मार्जिन कारोबार कार्यविधि संशोधन गर्नुपर्ने माग राखेको छ । संघले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि हालकै अवस्थामा कार्यान्वयन गर्न नसकिने बताएको छ ।

जसका लागि कार्यविधि संशोधनको माग गर्दै संघले नेप्सेमा सुझाव पठाएको जनाएको छ । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि संशोधन गरेर कार्यान्वयनमा आए लगत्तै संघले पुनः संशोधन गर्न माग गरेको छ ।

वर्तमान कार्यविधिमा संशोधन नगरी कार्यान्वयन प्रकृया अगाडि बढाउन नसकिने भन्दै संघले वैशाख ११ गते नेप्सेमा सुझाव पठाएको संघका अध्यक्ष सन्तोष मैनालीले सञ्चारमाध्यमलाई बताएका छन् ।

संघले नेप्सेमा पेश गरेको सुझावमार्फत ब्रोकरहरुको खुद सम्पत्तिको मार्जिन कारोबारको सुविधालाई १० गुणा बनाउन माग गरिएको छ ।
अहिले ब्रोकरहरुले खुद सम्पत्तिको २ गुणसम्म मार्जिन कारोबारको सुविधा प्राप्त गर्ने गरेका छन् ।

संघले कार्यविधि संशोधनका लागि दिएको सुझावमा ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थासँग ऋण लिइ लगानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै संघले धितोपत्रको मूल्यांकन बढीमा ७० प्रतिशतसम्म कायम गर्नुपर्ने माग गरेको छ । मार्जिन कारोबार अन्तर्गत खरिद भएका धितोपत्रहरु कारोबार सम्पन्न भएपछि पुलमा राख्नुपर्ने र सो धितोपत्रमार्फत ऋण लिन पाउनुपर्ने माग संघले गरेको छ ।

सेयर धितो राखेर खरिद गरेको सेयर सुरक्षणका लागि ब्रोकरको अधिनमा हुनुपर्ने र उक्त सेयरलाई बैंकमा धितो राख्न पाउनु पर्ने माग संघले नेप्सेमा बुझाएको सुझावपत्रमार्फत गरेको छ ।

संघका अध्यक्ष मैनालीले भनेका छन्, ‘सेयर धितोको जति भ्यालुएसन हुन्छ त्यसको ७० प्रतिशत कर्जा दिने हो, ७० मध्ये ५० प्रतिशत बैंक र बाँकी २० प्रतिशत ब्रोकरले हाल्छन्, ‘बाँकी ३० प्रतिशत लगानीकर्ताको हुन्छ ।’ कारोबार राफसाफपछिको सेयर धितो राख्ने सुविधा भएमा इक्विटीको ६÷७ गुणासम्म रकम लगानी गर्न सकिने ब्रोकरहरुको बुझाई छ । प्रविधिको विकास गर्दै कार्यान्वयनमा जानुपर्ने र प्रविधिको विकास नगरी एकै पटक धेरै लगानीकर्ता समक्ष पुग्न नसकिने ब्रोकरहरुको धारणा छ ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०७:१६ मा प्रकाशित

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...