काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापति इन्द्र बानियाँले एमालेले दुराचारी व्यक्तिलाई काठमाडौंमा मेयरको उम्मेदवार बनाएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको आमसभामा बोल्दै उनले एमालेबाट मेयरमा उठेका केशव स्थापित मानसिक रुपमा समेत समस्यामा रहेको बताए ।
उनले केशव स्थापितलाई महिलासँग मत माग्ने अधिकार नभएको बताए । “उहाँ (केशव स्थापित) को कुरा सुन्दा मानसिक विचलन भइसकेको व्यक्ति हो कि जस्तो लाग्छ”, बानियाँले भनेका छन्, “सम्मान गर्नुपर्ने, महिला आमा दिदीबहिनीलाई लल्कार्छन्, गालीगलौच गरिन्छ र अस्मितामाथि प्रहार गरिन्छ, उहाँलाई महिलासँग भोट माग्ने अधिकार छैन ।”
बानियाँले गठबन्धन समयको माग भएको भन्दै गठबन्धन विरोधी कांग्रेस हुन नसक्ने समेत बताए । तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा शान्ति प्रक्रिया निष्कर्षमा पुगेको दृष्टान्त दिँदै उनले गबन्धनको विरोध गर्नु शान्ति प्रक्रियाको पनि विरोध गर्नु रहेको बताए ।
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १५:५६ मा प्रकाशित






























