काठमाडौं । नेपालमा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४५३ नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका १५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ९१६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १७ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ७४७ पुगेको छ ।
त्यस्तै नेपालमा आज कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्य हुनेको संख्या ११ हजार ९५२ रहेको छ ।
नेपालमा हाल २१५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २१३ जना होम आइसोलेशन र २ जना संस्थागत आइसोलेशनमा रहेका छन् । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८४ हजार ६ सय २१ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १६:१४ मा प्रकाशित






























