काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि चन्द्रागिरी नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका घनश्याम गिरीले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी उपमेयरमा राष्ट्रिय जनमोर्चाका तर्फबाट रोशनलाल दानीले उम्मेदवारी दिएका छन् भने वडा नं ८ को अध्यक्षमा कांग्रेसका प्रल्हाद रिजाल, नेकपा माओवादी केन्द्रका तर्फबाट महिला वडा सदस्यमा सवना कार्की (बाँनिया), दलित महिला सदस्यमा माओवादी केन्द्रबाट स्वस्थानी सुर्खेत, खुला सदस्यमा माओवादी केन्द्रका रत्नलाल श्रेष्ठ तथा नेपाली कांग्रेसका विजय श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

‘शुसासन, विकास, र परिवर्तन तथा भ्रष्टाचार निर्मूल वडाका लागि लोकान्त्रिक गठबन्धन’ भन्ने मूल नाराका साथ उम्मेदवारी दिएका उनीहरुले नगर विकासका लागि सुशासन र प्रविधि, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा सरसफाई, युवा तथा खेलकूद, सिपमूलक तालिम तथा तयारी कक्षा, दलित, महिला, बालबालिका, घरबारबिहीन, शारीरिक अपांगता तथा बौद्धिक अपांगता, स्थानीय संस्कृति तथा जात्रा पर्वहरु, धार्मिक महत्वका क्षेत्रहरु, कृषि, वन, पर्यटन र उद्योग, बजारीकरण, तथ्यांक व्यवस्थापन लगायतका क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेर प्रतिबद्धता जाहेर गरेका छन् ।
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १६:३१ मा प्रकाशित






























