back
CTIZAN AD

रौतहत काण्ड : आलम थुनामै रहनुपर्ने, सर्वोच्चद्वारा उच्च अदालतको आदेश सदर

वि.सं.२०७९ वैशाख २३ शुक्रवार

924 

shares

काठमाडौं । रौतहटमा बम विस्फोट गरी सामूहिक नरसंहार मच्चाएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्म अफताव आलमलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि उच्च अदालतले गरेको आदेशलाई नै सदर गरेको हो ।

इँटाभट्टामा मानिसलाई जिउँदै जलाएर हत्या गरेको तथा विष्फोटक पदार्थ बम समेत प्रयोग गरी हत्या प्रयास गरेको आरोपमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यसमेत रहेका आलममाथि मुद्दा चलाइएको छ । उनी हाल ललितपुरको नख्खुस्थित कारागारमा छन् ।

आलमको निवेदन लामो समयदेखि सर्वोच्चमा विचाराधीन रहेको थियो। सर्वोच्चले आलमको निवेदनमा दाबी गरिएअनुसार धरौटी तथा तारेखमा राखेर मुद्दाको पुर्पक्ष गराउनुपर्ने माग अस्वीकार गरेपछि अब उनी मुद्दाको टुंगो नलागेसम्म जेलमै बस्नुपर्ने भएको छ।

आफूलाई थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उक्त निवेदनअनुसार प्रत्येक साता शुक्रवार पेशीमा चढ्दै आए पनि सुनुवाइ भइरहेको थिएन । तर गत साता पेशीमा चढेपछि सुनुवाइ सम्पन्न भएर आज आदेश गरिएको हो ।

वि.सं.२०७९ वैशाख २३ शुक्रवार १६:३९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...