काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५% सम्मको विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानहरुमा ४५% सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।
सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हजे रेष्ट्रो एण्ड गार्डेन, एयरपोटचोक, विराटनगरमा १५%, मिठो रेष्टुरेन्ट एण्ड थकाली किचेन, वित्र्तामोडमा १०%, नोवेल होटेल एण्ड स्वीमीङ कम्प्लेक्स् प्रा.लि., इमाडोलमा १०%, मिटिङ पोइन्ट रेष्टुरेन्ट एण्ड बार, वित्र्तामोडमा ५%,होटेल अर्थ् लाइट प्रा.लि., सौरहा, चितवनमा २०%, चिकेन स्टेसन, इमाडोलमा १०% तथा सोल्मारी रेष्ट्रो एण्ड मिटिङ प्रा.लि., इमाडोलमा १५% को छुट पाउने बैंकले जनाएको छ ।
बैंकका अनुसार अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडिसीटी फार्मेसी, वित्र्तामोडमा १०%, रामजानकी हस्पीटल प्रा.लि., जनपुरमा १५% तथा नमो मनकामना डेन्टल एण्ड क्लिनीक प्रा.ली., इमाडोलमा २५%को छुटको ब्यवस्था रहेको छ ।
साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले विराटनगरको पिपलचोकमा रहेको तनश्क फेशन स्टुडियोमा १५% छुट पाउने बैंकले जनाएको छ । जिम÷फिटनेस सेन्टर अन्र्तगत शपेस् फिट्नेस जीम, ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको बैंकले जनाएको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यसको विस्तृत विवरण बैंकको वेवसाइट ९धधध।दयप।अयm।लउ० मा उपलब्ध रहेको बैंकले जनाएको छ ।
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १७:०१ मा प्रकाशित





























