back
CTIZAN AD

बालबालिकाहरुको सहयोगार्थ युएइमा ‘बृहत सांस्कृतिक साँझ २०७४’ हुँदै

वि.सं.२०७३ चैत ६ आइतवार

927 

shares

दामोदर दाहाल, युएई । काभ्रे सेवा समाज युएईले ‘नयाँबर्ष बृहत सांस्कृतिक साँझ २०७४’ कार्यक्रम अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ नेपाली नयाँ वर्षको २०७४ को बिशेष अवसरमा संस्कृतिक साँझ मनाउने भएको छ ।
बैदेशिक रोजगारीको शिलसिलामा युएईमा रहेका काभ्रेलीहरुको साझा सामाजिक संस्था काभ्रे सेवा समाज युएईले भर्खरै आफ्नो दोस्रो अभिबेशन पश्चात पहिलो कार्यक्रम सामाजिक सेवामा अभिप्रेरित भएर गर्न लागेको हो, सस्थाको मुख्य उदेश्य भनेको युएइमा रहेका काभ्रेलीहरुलाई एकिबद्धता गर्दै समाजसेवामा अभिप्रेरित हुनु नै रहेको छ ।
विशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले २०१४ मा स्थापित (काभ्रे सम्पर्क समिति युएई) दोस्रो अधिबेशनमार्फत काभ्रे सेवा समाज युएईमा परिबर्तन गरिएको थियो, सम्पर्क भन्दा पनि सेवामा तल्लिन हुने बिस्वासका साथ सस्थाको नाम परिमार्जित गर्दै विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्ने सस्थाको मूल उदेश्य रहेको छ ।
यसै क्रमसंगै यहि आउँदो नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ सांस्कृतिक साँझ २०७४ कार्यक्रम अन्तिम तयारीमा रहेको समाजका अध्यक्ष दिल लामाले जानकारी दिएका छन ।
यस सांस्कृतिक कार्यक्रममा नेपालबाट संगीतकार तथा चर्चित गायक विश्व दोङ, पछिल्लो चरणमा व्यस्त गायिका भनेर चिनिने लोक तथा आधुनिक गायिका रिता केसी, चर्चित नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायतका कलाकारहरु युएई आउने भएका छन् । नेपालबाट आउने कलाकारहरुको साथमा युएईमा रहेका चर्चित कलाकारहरु गोपीकृष्ण पंगेनी, निश्चल श्री, सन्ध्या सुस्केरा, अन्जुली लोप्चन, ईन्द्र सिन्चुरी, रोसनी सुब्बा, सोनी राना मगर, प्रवेग दोङ तथा डिभि समर्पण लगायतका दर्जनौं कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहने समाजका महासचिब उत्तम बिक ले बताएका छन ।

दुबईको देरा स्थित कार्लटन टावर होटलको हलमा दिनको २ बजे बाट शुरु हुने उक्त सास्कृतिक कार्यक्रमको लागि युएईबासी सम्पूर्ण नेपालीहरुलाई अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ उपस्थित भई कार्यक्रम सफल परिदिन हुन काभ्रे सेवा समाज युएईको आयोजक टिमले आग्रह गरेका छन ।

कार्यक्रमको मुख्य उदेश्य अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सह्यगार्थ रहेको र उक्त कार्यक्रमबाट बचेको रकम नेपालमा रहेका अपाङ्ग तथा अनाथ बालबालिकाको लागी भबन निर्माणमा खर्च गरिने सस्थाका उपाध्यक्ष गोबिन्द पन्तले जानकारी दिए ।

उक्त कार्यक्रमको लागि ट्रस्ट जेनिक म्यानेजमेन्ट कन्सल्टेन्सी फ्री–जोन कम्पनिले को–स्पोन्सर गरेको छ भने, मरहबा ट्राभल्स, बिजेता ग्रुप अफ कम्पनी, अन्नपूर्ण ज्वेलरी बरदुबई, फिस्टेल ट्राभल्स बरदुबई, नमस्ते ट्राभल्स बर दुबई, नेपालीको सगरमाथा रेष्टुरेन्ट बर्दुबई ,बावर्ची रेष्टुरेन्ट तथा नेपाली पसल बरदुबई, फलाफिल्गी रेष्टुरेन्ट अल एन, नमस्ते रेष्टुरेन्ट देइरा, काठमान्डू, ग्रीन दरबार तथा नेपाली रेस्टुरेन्ट आबुधाबी, भान्छाघर रेस्टुरेन्ट आबुधाबी, एभरेस्ट एच.आर कन्सलटेन्सी आबुधाबी,एभरेस्ट इन्टरनेसलन कन्सल्टेन्सी, कुक कनेक्ट तथा गोल्बल जनरल मेन्टेनेन्स आजमान, पुरानो नेपाली रेस्टुरेन्ट तथा नेपाली सेकुवा घर बरदुबई , जीकेएस टायर अलकुज लगायतले कार्यक्रमको प्रायोजक गरेको आयोजकहरुले जानकारी दिएका छन ।

कार्यक्रममा उपस्थितीको लागी युएइमा रहेका सम्पूर्ण नेपाली संघ–सस्था, बुद्धिजीबी, समाजसेबी, कलाकार, पत्रकार तथा दाजुभाई दिदीबहिनीहरुलाई चुलेनिम्तो भन्दै कार्यक्रममा उपस्थित हुन कार्यक्रम आयोजकले हार्दिक आग्रह गरेको छ ।

 

वि.सं.२०७३ चैत ६ आइतवार १०:३३ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...