back
CTIZAN AD

निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन प्रवक्ता महतकाे आग्रह

वि.सं.२०७९ वैशाख २६ सोमवार

687 

shares

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुु¥याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन मतदाताहरूमा अनुरोध गरेको छ ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कुनै किसिमको प्रलोभन, डर, धाक, धम्कीमा नपरी मतदान गर्न आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन हुनेमा पार्टी विश्वस्त रहेको बताए । उनले भने, “हामीले ७५३ वटै पालिकामा स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गरेका छौं ।”

चितवनमा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएकामा त्यसको निन्दा गर्दै दोषीमाथि उनले कारबाहीको माग गरेका छन् । उनले रुकुम पश्चिम, बाजुरा, सप्तरी, सिन्धुपाल्चोक, नुवाकोट, पाण्डुसेनलगायत केही स्थानमा छिटफुट झडपका घटना भएका जानकारी दिँदै निर्भयपूर्वक मतदान गर्ने वातावरण सिर्जना गर्न पार्टीका तर्फबाट उनले सरकारसँग आग्रह गरे ।

पार्टीले स्थानीय सरकारलाई नागरिकको सेवकमा रुपान्तरण गर्ने, जनतामुखी नीति उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्दै सबैलाई शिक्षा र सीपमूलक तालिमको अवसर उपलब्ध गराउने, वडाबाटै नागरिकमैत्री सेवाप्रवाह, घरदैलोमा सेवा ‘अगुवा विद्यालय’ को स्थापना, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा, सार्वजनिक स्थानमा निःशुल्क वाईफाई, छात्रालाई निःशुल्क सेनिटरी प्याड, पर्याप्त शिक्षक दरवन्दीको व्यवस्था , एक शिक्षक एक ल्यापटपको व्यवस्था तथा शिक्षामा हुने लगानी अहिलेको भन्दा दोब्बर गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए ।

उनले हरेक तहमा उद्यम विकास केन्द्र र रोजगार बैंक, वैदेशिक रोजगारीमा जानेलाई सीपमूलक तालिम, एक वर्षभित्रै संविधानका अधिकार लिने कानुन निर्माण, न्याय सम्पादनमा जनशक्तिको व्यवस्था, पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण, यथार्थपरक बजेट निर्माण भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन एक हेक्टरभन्दा कम वन रहेका ३०५ भन्दा धेरै स्थानीय तहमा वनको विकास तथा ‘फोहरबाट मोहर आर्जन’ गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ पार्टीले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १६:५९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...