back
CTIZAN AD

श्रीलंका संकट : प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

वि.सं.२०७९ वैशाख २६ सोमवार

759 

shares

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले देशमा गम्भीर आर्थिक संकटका बीच सोमबार राजीनामा दिएका छन् । श्रीलंकाको स्थानीय मिडियाले जनाएअनुसार अन्तरिम सरकार गठन गर्न प्रतिपक्षको मागप्रति झुकेर राजापाक्षेले यो कदम चालेका हुन् ।

यसअघि प्रधानमन्त्री राजापाक्षेले जनताको हितका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका थिए । राजापाक्षेको पछिल्लो अभिव्यक्तिसँगै उनको राजीनामा आउने अनुमान गरिएको थियो ।

उनका भाइ राष्ट्रपति गोताबाया रापाजाक्षेले सीधै आफ्नो इच्छा व्यक्त नगरेको भएपनि राजीनामाको माग गरेका थिए ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि महिन्दा राजापाक्षेले सर्वसाधारणलाई संयमता अपनाउन अपिल गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, “जब भावनाहरु चर्को हुन्छ, हामीले याद राख्नु पर्छ कि हिंसाले हिंसा मात्र निम्त्याउँछ।” महिन्दा राजापाक्षेले हामी जुन आर्थिक संकटमा छौं, त्यसको एउटै आर्थिक समाधान आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री विरुद्ध आक्रोश पोखियो

विगतमा गोटाबाया र प्रधानमन्त्री महिन्दाले चर्को दबाबका बाबजुद पनि राजीनामा दिन अस्वीकार गरेका थिए । इन्धन, खाना पकाउने ग्यास र विद्युत् कटौती अन्त्यको माग गर्दै सडकमा उत्रिएका जनताले उनको विरुद्ध चर्को प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले राजपाक्षे परिवारले राजनीति छोड्नुपर्ने माग गरेका थिए । आन्दोलनकारीको नारा “लुटेको सम्पत्ति फिर्ता गर !” भन्ने थियो ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १६:५७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...