back
CTIZAN AD

अघिल्लो निर्वाचन भन्दा यो निर्वाचनमा कम खर्च हुने आयोगको अनुमान

वि.सं.२०७९ वैशाख २६ सोमवार

807 

shares

काठमाडौं । निर्वाचन आयोगले २०७४ को निर्वाचनमा भन्दा यसवर्षको निर्वाचन कम खर्चिलो हुने बताएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सालिग्राम पौडेलले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता खर्चको हिसाब आउने बताउँदै विगतको निर्वाचन भन्दा यो निर्वाचन कम खर्चिलो हुने बताए ।

मतदाता शिक्षामा धेरै खर्च भएको र त्यो प्रभावकारी नभएको भन्ने प्रश्नमा प्रवक्ता पौडेलले निर्वाचनका लागि कूल छुट्याएको २४ करोड रकममा नौ करोड खर्च नहुने स्थिति रहेको बताए ।

‘करिब १०–१२ करोड मात्रै मतदाता शिक्षामा खर्च हुने स्थिति छ । २०७४ को निर्वाचनमा मतदाता शिक्षिकालाई मात्रै ४० करोड खर्च भएको थियो । अरु पोस्टर पम्लेट, टिभी रेडियोको त कुरै छोड्नुहोस् ।’ प्रवक्ता पौडेलले भने ।

पौडेलले अहिलेको निर्वाचनमा कम खर्चमा बढी प्रभावकारी के हुन सक्छ भनेर आयोगले अवलम्बन गरेको समेत बताए । उनले विगतमा कामै नगरी पैसा खर्च गरेको भन्दै आयोगले आलोचना खेप्नु परेको भन्दै यसपटकको निर्वाचनमा त्यो पक्रियालाई पछि राखेर डिजिटल माध्यमबाट गएको पनि उनले जानकारी दिए ।

उनले खर्च गरेमा मात्र मतदाता शिक्षा हुने र नगरे नहुने भन्नेमा आयोगले मान्यता नराख्ने समेत उनले बताए ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १७:११ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...