back
CTIZAN AD

लखनऊलाई पराजित गर्दै गुजरात पुग्यो आईपिएलको प्लेअफमा

वि.सं.२०७९ वैशाख २८ बुधवार

810 

shares

२८ वैशाख, काठमाडौँ । लखनऊ सुपर जायन्ट्सलाई ६२ रनले पराजित गर्दै गुजरात टाइटन्र्स २०२२ को आईपिएलको प्लेअफमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले सर्वाधिक ६३ रनको पारी खेलेका थिए भने लखनऊका लागि बलिङ्गमा आवेश खानले सर्वाधिक २ विकेट हात पारेका थिए ।

१४५ रनको लक्ष्य पछाएको लखनऊको टिम १३.५ ओभरमा ८२ रन बनाएर अलआउट हुन पुगेको थियो । लखनऊका लागि ब्याटिङ्गमा ३ खेलाडीले मात्र दोहोरो अकंमा रन जोड्न सफल भएका थिए । लखनऊका लागि क्विनटन डि ककले ११, दिपक हुड्डाले २७ र आवेश खानले १२ रन बनाएका थिए । गुजरातका लागि बलिङ्गमा रासिद खानले ३.५ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट हात पारेका थिए ।

गुजरात टाइट्न्सको टिम १२ खेलबाट १८ अकं जोड्र्दै प्लेअफमा प्रवेश गरेको हो ।

वि.सं.२०७९ वैशाख २८ बुधवार १०:२७ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...