back
CTIZAN AD

मोदीको दुई दिने लुम्बीनी भ्रमण, यस्तो भ्रमण तालिका

वि.सं.२०७९ वैशाख २९ बिहीवार

717 

shares

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बीनी भ्रमणको तालिका सार्वजनिक गरिएको छ । बिहिबार परराष्ट्र मन्त्रालयल विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणका लागि आउन लागेको जनाएको हो ।

बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहमा प्रधानमन्त्री देउवासँगै भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र र सभा हलमा बुद्ध जयन्ती मनाउने तयारी गरिएको छ ।

लुम्बिनीमा रहँदा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहयोग र आपसी हितका विषयमा द्विपक्षीय वार्ता गर्ने मन्त्रायलयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । परराष्ट्रमन्त्री डा नारायण खड्काले भारतका प्रधानमन्त्री मोदीसँग भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीको यो पाँचौं नेपाल भ्रमण हुनेछ भने लुम्बिनी भ्रमण पहिलो हुने छ ।

 

वि.सं.२०७९ वैशाख २९ बिहीवार १६:२१ मा प्रकाशित

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...