back
CTIZAN AD

नबिल बैंकको विशेष साधारण सभा सम्पन्न

वि.सं.२०७९ जेठ ८ आइतवार

885 

shares

काठमाडौं । नबिल बैंक लिमिटेडले विशेष प्रस्ताव पारित गर्दै विशेष साधारण सभा सम्पन्न गरेको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती ) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको हो ।

नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ ,जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्ने छन् ।

उक्त साधारणसभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ती (एक्विजेशन) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।

२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपालबङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुँजी रू.२२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम रू.३०९ अर्ब र निक्षेप रकम रू.३२० अर्ब पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार रू.१४५अर्ब पुग्नेछ । प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई २५४ पुग्ने छ भने ९ महिनाको संयुक्त खुदमुनाफा रू.४ अर्ब ४६ करोड हुने बैंकले जनाएको छ ।

नेपालको बैंकिंगमा सेवामा अग्रणी स्थानमा रहदै आएको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात बाणिज्य बैंकहरु मध्ये नबिल बैंकको निक्षेप, कर्जा, गैर व्याज आम्दानी, गैरकोषमा आधारित व्यबसाय, तथा कुल नाफा लगायतका विभिन्न सूचकांकहरुमा अग्रणी स्थानमा सुनिश्चित गर्ने बैंकले विश्वास लिएको छ । यस प्राप्ति सँगै बैंकले बजारमा आङ्खनो नविन सेवा र थपशाखा सञ्जालमार्फत नयाँ रणनिती अनुसार बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने बैंकले जनाएको छ ।

वि.सं.२०७९ जेठ ८ आइतवार ११:३६ मा प्रकाशित

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...