back
CTIZAN AD

प्रतिस्पर्धीलाई दोब्बर मतले हराउँदै धनगढी उपमहानगरको मेयर बने स्वतन्त्र उम्मेदवार हमाल

वि.सं.२०७९ जेठ ८ आइतवार

792 

shares

काठमाडौं । धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।

हमालले कांग्रेसबाट मेयरको उम्मेदवार रहेका नृपबहादुर ओडलाइ झण्डै दोब्बर मतले हराउँदै जित हासिल गरेका हुन् ।

धनगढी उपमहानगरमा कूल खसेको ६३ हजार ७१५ मत मध्ये हमालले २६ हजार ८६५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी निर्वतमान मेयर तथा गठबन्धनबाट साझा उम्मेदवार कांग्रस नेता ओडले १४ हजार ८१७ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै एमालेबाट मेयरका उम्मेदवार रहेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गरेर तेस्रो स्थान बनाएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा ओडसँगै २७०० मतले पराजित भएका हमाले यो पटक भने ओडलाई झण्डै दोब्बर मतले हराउँदै मेयरमा विजयी भएका हुन् ।

त्यसैगरी उपमेयरमा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएकी छन् । रानाले १५ हजार ४७९ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रकी शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरेकी थिइन् । साथै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका प्रभाकर भण्डारीले ६ हजार ६०९ मत प्राप्त गरेका छन् ।

धनगढी उपमहानगरभित्र रहेका १९ वडामध्ये १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ नं वडा गरी नेपाली कांग्रेसले ११ वटा वडामा जित हासिल गर्दा नेकपा एमालेले ७, ८, १०, ११, १२ र १८ तथा माओवादी केन्द्रले ६ र १६ नम्बर वडामा जित हासिल गरेका छन् ।

 

 

 

वि.सं.२०७९ जेठ ८ आइतवार ११:०४ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...