back
CTIZAN AD

बङ्गुरपालनबाट वार्षिक दश लाख आम्दानी

वि.सं.२०७३ चैत ७ सोमवार

777 

shares

pig

७ चैत,बाबियाचौर(म्याग्दी)  । मालिका गाउँपालिका–५ दरवाङका खिमबहादुर खत्रीले बङ्गुरपालनबाट वार्षिक रु दश लाख आम्दानी गर्दैआउनुभएको छ ।

कतारमा तीन वर्ष काम गरेर फर्किनुभएका खत्रीले रु ५० हजार लागतमा फार्म सञ्चालन गर्नुभएको हो । तीनवटा पाठापाठीबाट सुरु गरेको सो बङ्गुर फार्मको पुँजी अहिले रु ३० लाख पुगेको छ ।

हाल उहाँको फार्ममा ५० वटा बङ्गुर रहेका छन् । उहाँले वार्षिक १२५ वटाभन्दा बढी बङ्गुर र पाठापाठी बिक्री गर्दैआउनुभएको छ । उहाँको फार्ममा छजनाले रोजगारी पाएका छन् । पाठापाठी पाल्नका लागि तथा हुर्किएर ठूला भएका बङ्गुर मासुका लागि बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

कम लगानीमा छिटो आम्दानी लिनका लागि बङ्गुरपालन उपयोगी माध्यम भएको खत्रीको भनाइ छ । उहाँलाई जिल्ला पशुसेवा कार्यालयले गत वर्ष युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु एक लाख अनुदान उपलब्ध गराएको थियो । सरकारले सहज रुपमा सर्भसुलभ ब्याजदरमा ऋण र बजार व्यवस्थापनका लागि सहयोग गर्न सके स्वदेशमै उद्यम व्यवसाय गर्ने वातावरण बन्ने खत्री बताउनुहुन्छ । बङ्गुरपालनसँगै उहाँले कुखुरापालन समेत गर्दैआउनुभएको छ । रासस

वि.सं.२०७३ चैत ७ सोमवार ०९:५९ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल...