Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

तालिवानको आदेशपछि महिला टिभी एन्करले अनुहार छोप्दै भनिन्– हामी असहाय छौँ



काठमाडौं । अफगानिस्तानमा तालिबान शासकहरूले देशका सबै महिला टिभी समाचार प्रस्तोताहरूले प्रसारणको क्रममा अनिवार्य आफ्नो अनुहार छोप्नु पर्ने नियम लगाएको छ । यसअघि टाउकोमा स्कार्फ मात्र लगाउनु पर्ने नियमलाई फेर्दै तालिबानले यस्तो नियमलाई कडाईपूर्वक लागु गराएको हो ।

तालिबान प्रशासनको तर्फबाट महिला टिभी प्रस्तोताहरूलाई शनिबारदेखि यो आदेशको पालना गर्न भनिएको थियो तर, शनिबार प्रमुख च्यानलका महिला एन्करहरूले तालिबान आदेशलाई चुनौती दिँदै अनुहार नढाकेर प्रसारण गरे।

आइतबारदेखि महिला प्रस्तोताहरुको अनुहार छोपियो

महिला प्रस्तोता र पत्रकारहरू आइतबार टिभीमा पूरा हिजाब र अनुहार ढाक्ने बुर्का लगाएर देखिएका थिए । टिभीमा महिला प्रस्तोताको आँखा मात्र देखिएका छन् ।

टोलो न्यूज, अरियाना टेलिभिजन, शमशाद टिभी र वान टिभी जस्ता प्रमुख च्यानलहरूमा बिहानको समाचार बुलेटिन प्रसारण गर्दा महिला प्रस्तोताहरुले (आँखा बाहेक) पूरै ढाकेका छन् ।

“हामीले विरोध गर्यौं र हामी मास्क लगाउने बिरूद्ध छौं”, टोलोनुजका प्रस्तोता सोनिया नियाजीले भनिन्, “तर टोलो न्युजलाई दबाब दिइयो र भनियो कि अनुहार नढाकी स्क्रिनमा देखा पर्ने कुनै पनि महिला एन्करलाई कि त अरु काम दिइयोस् वा कामबाट निकालियोस्। हामीलाई यो लगाउन बाध्य पारियो।”

के भन्छ तालिबान प्रशासन ?

तालिवान सरकारका प्रवक्ता मोहम्मद अकिफ सादिक मोहाजिरले महिला प्रस्तोताहरूलाई जागिरबाट हटाउने अधिकारीहरूको कुनै योजना नभएको बताए। तर, उनले सरकारका नियमहरु सबैले मान्नुपर्ने जिकिर गरे ।

“महिलाहरुलाई सार्वजनिक फोरमबाट हटाउने वा बेवास्ता गर्ने वा काम गर्ने अधिकार खोस्ने हाम्रो कुनै मनसाय छैन”, मोहजिरले भनेका छन्, “मिडिया च्यानलहरूले यो जिम्मेवारी राम्ररी पूरा गरेकोमा हामी खुसी छौं।”

एक स्थानीय मिडिया अधिकारीले पुष्टि गरे कि उनको स्टेशनले गत हप्ता आदेश प्राप्त गरेको थियो, तर आइतबार आदेश लागू गर्न बाध्य भयो।

राष्ट्रसंघद्धारा चिन्ता व्यक्त

अफगानिस्तानमा संयुक्त राष्ट्र मिशनले घोषणाको बारेमा चिन्ता व्यक्त गरेको छ । यो निर्णयले महिला र केटीहरू सहित सबै अफगानीहरूको मानवअधिकारको सम्मान र संरक्षण सम्बन्धी धेरै आश्वासनहरूको विरोध गरेको राष्ट्र संघको भनाइ छ ।

तालिबानले चेतावनी दिएको छ कि यदि महिलाहरूले आदेशको अवज्ञा गरेमा उनीहरूका आमाबाबुलाई सजाय र जेल सजाय हुनेछ।

अफगानिस्तानमा १९९६ देखि २००१ सम्म तालिबान शासनको समयमा, महिलाहरूमा बुर्का लगाउने सहित धेरै प्रतिबन्धहरू लगाइएको थियो। त्यतिबेला केटीहरू र महिलाहरूलाई शिक्षाबाट वञ्चित गरी सार्वजनिक जीवनबाट टाढा राखिएको थियो। एजेन्सीबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा