
काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका छन् ।
नगरप्रमुख सुर्यप्रसाद पोखरेलले जेठ ९ गते नगरप्रमुखको पदभार ग्रहण गरेसँगै नगरपालिकाका सामुदायिक विद्यालयहरु साताको एकदिन शनिवार बाहेक बाँकी ६ दिन पठनपाठन यथावत राख्न आदेश दिएका हुन् ।
‘नेपाल सरकारले साताको २ दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने भनि राजपत्रमा समेत सूचना प्रकाशित गरिसकेको अवस्थामा यस देउमाई नगरपालिकाभित्र रहेका सामूदायिक विद्यालयहरु साताको एकदिन शनिबार मात्र बिदा गरी बाँकी ६ दिन यथापत रुपमा पठनपाठन हुने ।’ विज्ञप्तिमा भनिएको छ ।