काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका बालेन साहलाई यतिबेला देश तथा विदेशबाट बधाईको ओइरो लागेको छ ।
बालेनका फ्यान मात्र भएर उनका प्रतिश्प्रधी भएर मेयरको चुनावी मैदानमा उत्रिएका कांग्रेस नेतृ सिर्जना सिंह र केशव स्थापितले पनि महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकालभरी रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मेयरमा निर्वाचित भएपछि विजयी जुलुस नगने तर्र जनताको घरदैलोमा पुगेर धन्यवाद दिने बताएका बालेन यतिबेला मतदाता तथा शुभचिन्तकलाई धन्यवादका लागि घरदैलोमा पुगेका छन् ।
यसैबीच बालेनकी श्रीमती सविना काफ्लेले पनि सामाजिक संजालमार्फ्त बालेनलाई शुभकामना दिँदै बालेन अब आफ्नो मात्र नभएर सबैको बालेन बनेकोमा गर्वले छाति फुलिएको र शिर उचालिएको बताएकी छन् ।
काफ्लेले भनेकी छन्
आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।
तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !
घरी घरी डर पनि लाग्छ, अगाडि विशाल भवसागर छ, बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमीप्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गाह्रो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास, मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।
घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।
तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।’
मेयरमा निर्वाचित बालेन साह भन्छन्–विजय भन्दा पनि कार्यको सुरुवात ठानेको छु
काठमाडौं महानगरको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
वि.सं.२०७९ जेठ १३ शुक्रवार १४:४० मा प्रकाशित





























