back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ जेठ १४ शनिवार

528 

shares

डा. बम बहादुर जिताली,काठमाडौं

१.
जाग जाँगर
बोकीकन सागर
अनि आँगर।

२.
गर उन्नति
समुन्नति नभए
हुन्छ दुर्गति।

३.
भोट दिने हो
खाँटी नेता छानेर
धर्म धानेर।

४.
छोरी च्यापेका
देख्न कतै नपरोस्
मत च्यातेका।

५.
खै त सद्भाव?
टौवासरि उठेको
सधैं अभाव।

६.
स्वाभिमानी खै?
स्वभावको पौवामा
मन खाने खै?

७.
परी प्रभाव
जताततै अभाव
गयो सद्भाव।

८.
नेता छन् गाढा
राजनीति हिजडा
झिके बखाडा।

९.
मिलीभगत
खाने भए जगत
भोट फगत।

१०.
बन्यो बन्दन
लगाएर चन्दन
नाट्य मञ्चन ।

वि.सं.२०७९ जेठ १४ शनिवार ०८:३८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...