डम्बर थामी ’अनुपम’
कालिन्चोक गा.पा.–६, दोलखा
१.
शुभ हुन्छ भन्छन् छेपाराले त्यो ढुंगा चाटेको,
किन ? अशुभ हुन्छ छेपाराले बाटो काटेको ।
२.
तँछाड मछाड गर्दै आउँछन् जिन्दगीका रहर,
रहर पूरा हुन नसके नपिउनु है जहर ।
३.
कतै वरको छाया हुन्छ कतै पिपलको छाया,
वरपिपलको छाया जस्तै शीतल तिम्रो माया ।
४.
भाषण गर्दा आकाशको जून पनि छुन्छौ,
स्वार्थ लुट्न तिमी पशु झैंँ किनबेच हुन्छौ ।
५.
कहिले काँक्रा टिपेर कहिले आलु गोडेर,
सम्झिरहेछु देश हिउँको पछ्यौरी ओडेर ।
वि.सं.२०७९ जेठ १४ शनिवार ०८:४१ मा प्रकाशित






























