दीनानाथ पोख्रेल, इलाम
कठिन कथा सब ।
हृदय व्यथा अझ ।।
नरमन होस् दृढ ।
तब कृत हार छ ।।०१।।
युगविधि मानव ।
खुद टिप जाँगर ।।
कृत फल सुन्दर ।
मृदु रस झन् भर ।।०२।।
जससित ज्ञान छ ।
मृदु रस पान छ ।।
सबतिर मान छ ।
सुर जन गान छ ।।०३।।
कृतपथ साहस ।
सबतिर ढाडस ।।
मृदुपन खुल्दछ ।
अनि सुख झुल्दछ ।।०४।।
बहपथ डर्दछ ।
कलछल हर्दछ ।।
कृत गति योग्य छ ।
श्रमफल भोग्य छ ।।०५।।
नरमन झन्झट ।
सब पर सर्दछ ।।
सुखमय सार छ ।
दिल गम हार छ ।।०६।।
श्रम गति खुल्दछ ।
फल घर हुल्दछ ।।
अनि मन रम्दछ ।
भव सुख जम्दछ ।।०७।।
तब सब मानव ।
युगप्रिय छान्दछ ।।
मन दृढ पार्दछ ।
बह पर सार्दछ ।।०८।।
रसमय जीवन ।
सुखसित यापन ।।
खुद पथ छान्नु छ ।
नर हित जान्नु छ ।।०९।।
निज मन अक्कल ।
हित श्रम दख्खल ।।
नर भव सार छ ।
सब कृत हार छ ।।१०।।
छन्द -सुवास
गण-न ज ल
सङ्केत- III ISI I
वि.सं.२०७९ जेठ १४ शनिवार ०८:४३ मा प्रकाशित






























