दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा रहेका विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलमा आवद्ध हुन नदिने निर्णय गरेको छ ।
गाउँ कार्य पालिकाको शुक्रवार बसेको बैठकबाट शिक्षक तथा कर्मचारीहरुको राजनैतिक दलसँगको आवद्धता निशेध गर्ने निर्णयानुसार शिक्षक या कर्मचारीहरु कुनै पनि दलमा आवद्ध भए सातदिन भित्रमा दल त्यागेको जानकारी दिन निर्देशन दिइएको छ ।
‘यस गाउँपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीहरुले कुनै राजनैतिक दलको आवद्धता लिएको भए ७ दिनभित्र त्यगी/त्याग लगाई सोको जानकारी यस कार्यालयमा पेश गर्न अनुरोध छ’ पालिकाद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७९ जेठ १५ आइतवार ११:१५ मा प्रकाशित






























