काठमाडौं । सम्पर्कविहीन बनेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान मुस्ताङको लेतेमा दुर्घटनामा परेको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले उक्त क्षेत्रमा ठूलो विस्फोट भएको जानकारी स्थानीयले आफुँहरुलाई गराएको जनाएको छ ।
प्रहरी अहिले उक्त क्षेत्रमा परिचालन भएको बताइएको छ ।
यता, सम्पर्कविहीन विमान खोज्न अहिले फिस्टेल एयर र सेनाको हेलिकोप्टर पनि परिचालन भएका छन् । तर, खोज्नलाई मौसम अनुकुल नभएको बताइएको छ ।
थासाङ गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले दुर्घटना भएको भनिएको स्थानको मौसम निकै प्रतिकुल रहेको बताए । अहिले उक्त क्षेत्रमा पानी परिरहेको र पहाडहरु कुहिरोले घेरिएको छ ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखरादेखि जोमसोमका लागि उडेको विमान मुस्ताङको लेते पुगेसँगै सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन विमानमा चालकदलका ३ सदस्यसहित २२ यात्रु छन् ।
सम्बन्धित समाचार
वि.सं.२०७९ जेठ १५ आइतवार १२:२५ मा प्रकाशित






























