back
CTIZAN AD

धौलागिरी हिमाल नजिकै भेटियो पाइलटको मोबाइल नेटवर्क

वि.सं.२०७९ जेठ १५ आइतवार

810 

shares

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमानका पाइलटको मोबाइल नेटवर्क फेला परेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मोबाइलको नेटवर्क फेला परेसँगै लोकेसनलाई ट्रेसिङ्ग गर्दै उद्धार टोली खटाइएको जानकारी दिएका छन् ।

उनले जनाएअनुसार धौलागिरी हिमाल नजिकै नेपाल टेलिकमको नेटवर्कले पाइलटको मोबाइल नेटवर्कले काम गरिरहेको पाइएको हो । टेलिकमले दिएको लोकसनअनुसार उद्धार टोली पठाइएको उनले जनाए ।

“पाइलटको मोबाइलमा कुनै–कुनै बेला नेटवर्कले काम गरेको भेटिएको छ, हामी टेलिकमले दिएको लोकसनलाई ट्रेसिङ्ग गर्दैै उद्धार टोलीलाई पठाएका छौं”, प्रशासकीय अधिकृत पाण्डेले भनेका छन्, “लोकेसन धौलागिरी हिमालको नजिकै भन्ने छ, हामीले त्यहिअनुसार उद्धार टोली र हेलिकोप्टरलाई खटाएका छौं ।”

तर, मौसम निकै प्रतिकुल भएको कारण उद्धारका लागि खटिएको कुनै पनि हेलिकोप्टर सम्भावित ठाउँमा पुग्न नसकिरहेको उनले बताए । केहीबेर अघि मात्रै फिस्टेल र नेपाली सेनाको हेलिकोप्टर टेलिकमले दिएको लोकेसनतर्फ लागेको उनले जनाए ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको विमान १०ः०७ बजेदेखि सम्पर्कबिहीन बनेको थियो । हालसम्म पनि विमान सम्पर्कमा आउन सकेको छैन । विमानमा चालकदलका ३ सदस्यसहित २२ यात्रु छन् ।

सम्बन्धित समाचार

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

अपडेट : हराएको जहाज खोज्न पठाइयो हेलिकोप्टर

मौसम प्रतिकुल हुँदा खोजिकार्य नै नगरि फर्कियो फिस्टेलको हेलिकोप्टर

वि.सं.२०७९ जेठ १५ आइतवार १४:५२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...