काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३३५६नमुना परीक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म ९ लाख ७९ हजार ११६ जनामा संक्रमण पुष्टि भएको छ । आज निको भएका १३ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार ६५ जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै नेपालमा हालसम्म ११ हजार ९५२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै नेपालमा हाल ११० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै जना होम आइसोलेशनमा रहेका छन् । संस्थागत आइसोलेशन, आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।
वि.सं.२०७९ जेठ १५ आइतवार १६:३४ मा प्रकाशित





























