दिल्ली । दिल्लीमा रहेका नेपालीहरुले १५ औं गणतन्त्र दिवस मनाएका छन् ।
अखिल भारत नेपाली एकता मंच केन्द्रीय समिति अन्तर्गत दिल्ली राज्य समिति तथा दिल्ली हरियाणा यूपी संयुक्त राज्य समितिको संयुक्त आयोजनामा आइतबार शुभकामना आदान –प्रदान गरेर १५ औं गणतन्त्र दिवश मनाइएको हो ।
मंचका दिल्ली हरियाणा यूपी संयुक्त राज्य समिति अध्यक्ष–बेल वहादुर पुनको अध्यक्षता, दिल्ली राज्य सचिव अटल परियारको संचालनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मंचका निवर्तमान अध्यक्ष ईश्वरी भण्डारी, बिशेष अतिथी मंचका केन्द्रीय महासचिव चक्र बहादुर मलाती, मंचका केन्द्रीय उपमहासचिव आरबी खड्का र अतिथीमा केन्द्रीय सदस्य तथा संयुक्त राज्य समिति सहईन्चार्ज मानु श्रेष्ठ, केन्द्रीय सदस्य नारायण बि.क, अर्जुन दयाल, डेन्टिस्ट डा.सिमा लगायत रहेका थिए ।
त्यसैगरी राज्य पदाधिकारीहरू राज्य उपाध्यक्षहरू तिलक बिक, तरुण बि.क, कमला पाण्डे, सचिब कृष्ण प्रसाई, सहसचिव नारायण बिष्ट, कोषाध्यक्ष दिपक बोहोरा लगायतको सहभागिता रहेको उक्त कर्याक्रममा स्वागत मन्तब्य राज्य उपाध्यक्ष सूर्य रानाले गरेका थिए ।
भारतको राजधानी दिल्ली ओखलामा सम्पन्न उक्त कार्यक्रममा प्रमुखअतिथि, अतिथि लगायतल नेपाल तथा संसारभरी छरिएर रहेका नेपालीमा शुभकामना व्यक्त गरेका थिए ।
वि.सं.२०७९ जेठ १६ सोमवार १२:२१ मा प्रकाशित


























