सुदर्शन भट्ट, काठमाडौं । ने .क .पा माओवादी केन्द्र भिमसेन थापा गाउँपालिका–६ अश्राङ्ग–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हरिराज अधिकारी (कुमार)को प्रमुख आतिथ्यता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य, गण्डकी समन्वय समिति ईन्चार्ज तथा सांसद चुडामणि खड्का (प्रकाश), माओवादी केन्द्र केन्द्रीय निर्बाचन आयोग आयुक्त स्थिर प्रसाद खनाल, माओवादी केन्द्र गण्डकी प्रदेश सम्पर्क समन्वय समिति संयोजक राम प्रसाद भन्तना, माओवादी केन्द्र केन्द्रीय सम्पर्क समन्वय विशेष प्रदेश तथा गण्डकी प्रदेश सम्पर्क समन्वय आर्थिक बिभाग संयोजक रामहरि श्रेष्ठ र माओवादी केन्द्र उपत्यका बिशेष प्रदेश सदस्य सागर पाण्डेको विशेष आतिथ्यता रहेको थियो ।
त्यसैगरी अतिथिहरूमा सम्पर्क समन्वय केन्द्रीय सदस्य रामचन्द्र दराई, अनेरास्ववीयू क्रान्तिकारी बिधार्थी सँगठनका केन्द्रीय सदस्य बाबुराम नेपाली, गण्डकी प्रदेश समन्वय सम्पर्क सदस्य राजेन्द्र लामिछाने, माओवादी केन्द्र अश्राङ्ग काठमाडौं सम्पर्क समन्वय समितिका सल्लाहकार बुद्धिजीवी डा.हिमलाल श्रेष्ठ, प्रशुराम भट्ट, गणेश पाण्डे, युवक राज पाण्डे, दिपक भट्ट, प्रेम श्रेष्ठ, प्रमिला पाण्डे, भिमसेन थापा काठमाडौंमा सम्पर्क समन्वय समितिबाट सुकुमार श्रेष्ठ माओवादी केन्द्र अश्राङ्गबाट रनिल राना, रन्जन रिमाल, ईश्वरी रिमाल, मिना वाग्ले, मो.हाकिम मिया, चन्डीका पाण्डे, बिष्णु भट्ट लगायत झण्डै दुईसय जनाको उपस्थिति रहेको थियो ।

अश्राङ्ग काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष सुदर्शन भट्टको अध्यक्षता, चन्दन थापाको संचालन रहेको उक्त कार्यक्रममा समितिका उपाध्यक्ष नर बहादुर रानाले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथिबाट व्यानर पढेर कार्यक्रम उद्घाटन गरिएको थियो ।
कार्यक्रममा समितिका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना पत्रद्वारा र निर्बाचनमा पार्टीको लागि आफ्नो उमेद्वारलाई विजयी गराउन आ–आफ्नो क्षेत्रबाट योगदान गरेको भन्दै विभिन्न व्यक्तिहरूलाई कदर पत्र, सम्मान पत्र र प्रसँसा पत्र प्रमुख अतिथि तथा विशेष अतिथिबाट वितरण गरिएको थियो ।
कार्यक्रममा अश्राङ्गका बिर शहिदहरूको नाममा कम्तिमा पनि ४ लाखको अक्षयकोष स्थापना गर्ने निर्णय कार्यसमितिले जानकारी गराउन्का साथै सोहि अक्षय कोषको लागि कार्यसमिति पदाधिकारीबाट स्वतस्फूर्त रकम संकलन गर्ने निर्णयमा माओवादी केन्द्र, गण्डकी प्रदेश सम्पर्क समन्वय समितिका संयोजक रामप्रसाद भन्तनाले रू ५१,००० सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

नेकपा माओवादी केन्द्र अश्राङ्गका अध्यक्ष रनिल रानाले आफुले पार्टिलाई जिताउन उमेद्वार नबनि रन्जन रिमाललाई अगाडी बढाएको बताउदै कार्यक्रम आयोजना गरेर अवसर दिएकोमा धन्यवाद व्यक्त गरे ।
निर्बाचित जनप्रतिनिधिको तर्फबाट वडा अध्यक्ष रन्जन रिमालले सम्पुर्ण मतदातालाई धन्यवाद दिदै सदैब जनताको सेवामा लागेर अश्राङ्गबासीको सुख दुःखमा सँगै हिड्ने प्रतिबद्धता जाएर गरे । डा. हिमलाल श्रेष्ठले अश्राङ्गबाट उत्पादन भएका बिज्ञहरूलाई राखेर अश्राङ्गमा के कस्तो योजनाहरु बनाउन सकिन्छ अश्राङ्गलाई कुनै पनि कुरामा सबल बनाउन आफुले सकेको सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा अर्का अतिथि युवराज पाण्डेले आफुले भोगेको २०६४ सालदेखि बर्तमानसम्मको अनुभब सुनाए भने बिशेष अतिथि सागर पाण्डेले अश्राङ्गको जनताले परिवर्तन चाहेको र सोहि बमोजिम बर्तमान जनप्रतिनिधि निर्वाचित भएको भन्दै अश्राङ्गको बिकासमा गर्न सक्ने सहयोगको लागी आफु सधैं तत्पर रहेको बताए ।
गण्डकी प्रदेश सम्पर्क समन्वय समिति संयोजक भन्तनाले चुनाबको दिनसम्म यो पार्टी र त्यो पार्टी भने पनि अबका दिनमा आश्रांङवासीको साझा प्रतिनिधि बनेर काम गुर्न सुझाव दिए ।
त्यस्तै सांसद खड्काले गोरखामा माओवादीलाई अग्रस्थानमा पुर्याउन अश्राङ्गबासीको निकै महत्वपूर्ण भुमिका रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले निर्वाचित जनप्रतिनिधि हरूलाई बधाई तथा शुभकामना दिदै माओवादी केन्द्रले अगाडि सारेको उमेद्वारलाई बिजयी गराउन मतदान गरि बिजयी गराउने सबैमा धन्यवाद व्यक्त गरेका थिए ।
वि.सं.२०७९ जेठ १६ सोमवार १३:०० मा प्रकाशित






























