back
CTIZAN AD

चुनौति बन्दै फोहोरको समस्या, कसरी गर्ने व्यवस्थापन ?

वि.सं.२०७९ जेठ २२ आइतवार

912 

shares

स्थानीय चुनावको एउटा प्रमुख मुद्दा फोहोर व्यवस्थापन हो । त्यति मात्र होइन काठमाडौका मेयरको परिक्षण फोहोर व्यवस्थापन गर्न सक्ने वा नसक्नेबाट हुँदैछ । वास्तवमा फोहोर व्यवस्थापन कुनै अफ्ठेरो काम नभएता पनि हाम्रो प्रणाली र संस्कारको कारण यो दिन/प्रतिदिन चुनौतीपूर्ण हुँदैछ। सहरी क्षेत्र त्यो पनि महानगरहरुका लागि यो एउटा पेचिलो समस्या बनेको छ । के साँच्चै फोहोर व्यवस्थापन जटिल काम हो ? चुनावको मुद्दा नै बन्नु पर्ने विषय हो ? ल्यान्ड फिल्ड साईड बन्द हुँदार गरिँदा सहर नै दुर्गन्धित भएर बस्नुपर्ने अवस्था किन आयो ? जिम्मेवार को हो ? सरकाररमहानगर वा नागरिक ? यसै सेरोफेरोमा रहेर लेख्ने जमर्को गरिएको गरिएको छ।

ठूला सहरमा दुई खाले फोहोरहरु प्राप्त हुन्छ । जैविक फोहोर र अजैविक फोहोर । यी दुवै फोहोर समस्या मात्र हुन त ? पक्कै होइनन् । जाने यी आम्दानीको स्रोत र मोहोर हुन । नजाने फोहोर हुन् र समस्या हुन् । फोहोरको दीर्घकालीन समाधान गर्न सकिन्छ । मात्र नागरिकको सोच तथा सरकारको नीति तथा लगानीमा भर पर्छ । साच्चिकै सामान्यरुपमा समाधान गर्न सकिने फोहोरको हाम्रो समाजरदेशमा समस्याको पहाड जस्तै बनेको छ ।

समाधानका सरल उपायहरु

– ठूला सहरमा बसोबास गर्ने नागरिकमा सचेतना जरुरी छ । घरको फोहोर सडकमा ल्याए फ्याँक्न बानी परेका सहर बासिहरुका सामान्य आनिबानिको सुधारले पनि फोहोरबाट मुक्ति मिल्छ । हरेक भान्सामा दुईवटा डस्बिनरबाल्टी राख्ने गरेमा आधा समस्या हल हुन्छन् । के यति गर्न सकिन्न ? पक्कै सकिन्छ । कुरा सोचको मात्र हो।

– एउटामा कुहिने कुरा । करेसा बारिको मल हुन्छ। करेसा वारि नहुनेले कौसी खेती गर्न सकिन्छ । भाडामा बस्नेले पनि यो फोहोर घरबेटीलाई दिन सकिन्छ। समाधानका उपाय कति कति !

– खानाजन्य फोहोर घरको एउटा कुनामा राखेर कुखुरा, बंगुर पाल्नेहरुलाई आहारा दिन सकिन्छ । जो त्यसको खोजिमा भौतारिरहेका हुन्छन् । त्यस्ता मानिसहरुले पाउँदा खुसी मात्र होइनन् व्यवसाय नै प्रबर्द्धन हुन्छ । यति काम गर्न सजिलै सकिन्छ । मात्र सहर बासिको बेहोसी पनले समस्या सिर्जना गरेको छ।

– कागजजन्य, फलामजन्य, पलाष्टिकजन्य सामानको खोजिमा दैनिक घरघरमा कराउदै खरिदकर्ता आएको पाइन्छ । उनीहरुलाई बेच्न सकिन्छ । जम्मा गर्ने बानी मात्र विकास गर्नुपर्‍यो ।

– केही सिसाजन्य फोहोर बाहेक कुनै समस्या नै होइन । त्यो समाधान गर्न कुनै आइतबार कुर्नै पर्दैन । सजिलै बिसर्जन गर्न सकिन्छ ।

– ल मानौ नागरिकले यो सचेतता अपनाएनन् वा गरेनन् भने पनि घरघरको फोहोर जम्मा गरि कुनै कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिन सकिन्छ । सरकार भनेकै यसैको लागि हो। यति काम गर्न नसक्ने पनि कसरी सरकार ? यी काम सहज रुपमा काम गर्न सकिन्छरहुन्छ। फोहोरबाट उर्जा निकाल्न सकिने कुरा छँदै छ। फोहोर डंगुर खाएर उर्जा निकाल्ने मेसिन दुनियाले प्रयोग गरिरहेका छन् । हाम्रोमा पनि प्रयोग गर्न सकिन्छ । समस्या सोचमा छ र समस्या प्रवृत्तिमा छ । अरु केहीमा होइन । यदि छ भने समस्या देखाएर कुम्ल्याउने बानिमा छ ।

– हिँड्डुल गर्दा सडकमै खानेकुरा खाएर सडकमै फाक्ने नागरिक देशले उत्पादन गरिरहेको छ । यसमा सचेतता कहिले आउला कुन्नी ? सरकारले पनि ठाउँ–ठाउँमा फोहोर राख्नेरफ्याँक्ने डस्विन राखे कसो हुँदो हो । यो त स्थानीय सरकारले पनि गर्न सक्छ । गर्नुपर्ने हो। कसले रोक्यो कुन्नि ?

– सरकाररनगरपालिका सार्वजनिक सौचालय बनाउदैनन्, बनाए पनि महँगो शुल्क लिन्छन् । अर्कोतिर सार्वजनिक शौचालय व्यवस्थित छैनन् । जसको कारण मानिसहरु सार्वजनिक शौचालयको प्रयोग गर्न नै तयार हुँदैनन् । सार्वजनिक सौचालय व्यवस्थित गर्ने काम सरकाररनगरपालिकाको हो । फोहोर सफा गर्नुभन्दा सौचालय व्यवस्थापन गर्नु सस्तो पर्छ । कुन निकाय र कुन राजनीतिले यो कुरा बुझ्ला ?

– दिशापिसाबजन्य फोहोर वा ढल निकास एउटा समस्या हो । खास कुनै जमाना थियो, सहरका फाँटहरुमा खेती हुन्थ्यो। दिशा पिसाब सबै मलमा परिणत हुन्थ्यो । ती केवल सम्झना मात्र भए अब । जमिनहरु अव्यवस्थित घरहरुको जङ्गल बन्यो ।

– पुराना बस्तिमा हरेक घरमा सेफ्टी ट्याङ्की बनाउने सवालमा समस्या हुन सक्छ। नयाँ बस्ती र नयाँ घर निर्माण गर्दा हरेक घरले अनिवार्य रुपमा सेफ्टी ट्याङ्की बनाउनु पर्ने र सरकारले मल कारखाना खोल्ने वातावरण मिलाई सेफ्टी ट्याङ्की किन्ने व्यवस्था गरे हाम्रा नदि नालामा ढल होइन, पानी बग्थ्यो । सोच खै, विदेशी मल नपाएर किसान सधैँ पीडामा । मल कारखाना खोलेमा व्यापार घाटा कम हुन्थ्यो, रोजगारी सिर्जनात्मक हुन्थ्यो। तालमेल किन मिलाउन सकिएन ?

अन्तमा, समस्या छन। समाधान पनि छन । सबैभन्दा बढी सोच परिवर्तन जरुरी छ । सोच परिवर्तन न राजनीतिले सिकायो, न समाजले सिकायो न हाम्रो शिक्षाले सिकायो । सिकायो केवल फोहोरी राजनिती, निराशा र छलछाम। यसैमा रुमलियो मेरो समाज मेरो देश ।

वि.सं.२०७९ जेठ २२ आइतवार १२:५० मा प्रकाशित

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

विविधतामा एकता : नेपालको राष्ट्रिय पहिचानको मूल आधार

१. पृष्ठभूमि राष्ट्रिय पहिचान भनेको साझा इतिहास, संस्कृति, भूगोल र...

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...