काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै सिनियर इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र सर्भेयर/जियोम्याटिक्स इन्जिनियर पदका लागि कर्मचारीहरुको माग गरेको हो ।
कम्पनीले योग्यता तथा कार्यानुभवी नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना जारी भएको मितिले १५(पन्ध्र) दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।
कम्पनीको केन्द्रिय कार्यालय महाराजगञ्ज, काठमाडौंमा कार्यालय समयभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना:

वि.सं.२०७९ जेठ २६ बिहीवार ११:५३ मा प्रकाशित






























