back
CTIZAN AD

युरोपमा शरणार्थीको रूपमा झन्डै ५० लाख यूक्रेनीको निवेदन : राष्ट्रसंघ

वि.सं.२०७९ जेठ २६ बिहीवार

807 

shares

जेनेभा ।  रूसले चार महिना पहिले आक्रमण सुरु गरेदेखि नै युरोपभर झण्डै पाँच लाख युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ ।

संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले भनेको छ, “युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको छ ”।

युक्रेनी स्थितिको बारेमा एजेन्सीको डेटा पोर्टलमा अद्यावधिक तथ्याङ्कले युद्धग्रस्त यूक्रेनबाट कूल ४८ लाख १६ हजार ९२३ युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको देखाएको छ ।

युएनएचसिआरको तथ्याङ्कले यूक्रेनबाट ७३ लाखभन्दा बढी व्यक्ति जून ७ सम्ममा सीमा पार गरेको रेकर्ड गरिएको छ । उक्त तथ्याङ्कले देखाएअनुसार अर्को २३ लाखभन्दा बढी मानिसहरू स्वदेश फिर्ता भएका छन् ।

विदेश पलायन भएकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेको राष्ट्रसंघले बताएको छ । १८ देखि ६० वर्ष उमेर समूहका पुरुष सैनिक सेवाका लागि योग्य छन् र त्यहाँबाट जान सक्दैनन् ।

युक्रेनबाट भागेकाहरूबाहेक संयुक्त राष्ट्रसंघको अन्तरराष्ट्रिय बसाइँ सराइ संगठनले अनुमान गरेअनुसार ८० लाखभन्दा बढी मानिसहरू यस आक्रमणसँगै स्वदेशमा नै विस्थापित भएका छन् ।

युक्रेनबाट बाहिर निस्केका आधाभन्दा बढी छिमेकी पोल्याण्डमा आएका छन् । पोल्याण्डमा ३८ लाख मानिसहरूले शरण लिएकोमा झण्डै आधा व्यक्ति स्वदेश फर्किएका छन् ।

युएनएचसिआरले पोल्याण्डमा ११ लाख ५० करोड युक्रेनीले शरणार्थीको रूपमा नाम दर्ता गरेको बतायो । पोल्याण्डबबबाहेक हंगेरी, रोमानिया, स्लोभाकिया र मोल्डोभाजस्ता अन्य छिमेकी देशहरूमा पनि सयौं हजार मानिसहरू प्रवेश गरेका छन् । ती प्रत्येक देशमा हजारौंले शरणार्थीले शरणार्थीका लागि आवेदन दिएका छन् ।

युरोपका अन्य देशहरू, जर्मनीमा झन्डै सात लाख ८० हजार, चेक गणतन्त्रमा झन्डै तीन लाख ६७ हजार र स्पेनमा एक लाख १८ भन्दा बढी युक्रेनीले शरणार्थीका रूपमा आवेदन दिएका छन् । अन्य युरोपेली देशहरूमा पनि हजारौं शरणार्थीले निवेदने दर्ता गरेका छन् ।एएफपी

 

वि.सं.२०७९ जेठ २६ बिहीवार २०:३६ मा प्रकाशित

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...