back
CTIZAN AD

‘समयमै निर्वाचन सम्पन्न गराउन एमालले जनदबाब सृजना गर्ने छः’

वि.सं.२०७३ चैत ९ बुधवार

714 

shares

९ चैत, इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको मेची–महाकाली अभियानले स्थानीय तहको निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इलामको इरौँटारमा एमाले गाउँ कमिटीले मंगलबार आयोजना गरेको ‘कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउने योद्धा तथा वृद्धवृद्धालाई सम्मान’ कार्यक्रममा उहाँले भन्नुभयो–“ देशको आर्थिक विकास र लोकतन्त्रको खम्बा एमाले भएकाले अगामी निर्वाचनपछि मुलुकले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्ने छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको वरिष्ठ नेता खनालले “सरकारले केही मुठ्ठीभरका व्यक्तिलाई खुसी पार्न स्थानीय तहको निर्वाचन घोषणा गरेकाले तोकिएकै मितिमा हुनेमा आशङ्का छ”, भन्दै “मुलुक निर्वाचनतर्फ अघि बढिसकेकाले जनदबाब सृजना गरेर भए पनि एमालेले स्थानीय तहको निर्वाचन गराएरै छाड्ने बताउनुभयो ।”

स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको निर्वाचन सम्पन्न भएमा मात्र संविधान पूर्ण कार्यान्वयन हुने बताउँदै उहाँले नेपालको संविधान विश्वकै उत्कृष्ट भए पनि केही व्यक्ति र समूहले यसलाई कार्यान्वयनमा आउन नदिन खोजेको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता खनालले संसद्मा पेस भएको संविधान संशोधन विधेयक एमालेले कुनै पनि हालतमा पास हुन नदिने बताउनुभयो ।

वि.सं.२०७३ चैत ९ बुधवार ०२:५७ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...