काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले किसानहरुलाई यथाशीघ्र मल व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले किसानहरुले मल नपाएर समयमा खेती गर्न नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले तत्काल मल उपलब्ध गराउन निर्देशन दिएका हुन् ।
‘खेतीको समयमा पनि मल उपलब्ध हुन नभइरहेको सन्दर्भमा सांसदहरुले उठाएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुन सक्ने गरी व्यवस्थापन गर्न गराउन सम्बन्धीत मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउछु ।’सभामुखले भनेका छन् ।
वि.सं.२०७९ जेठ २९ आइतवार १२:२३ मा प्रकाशित





























