back
CTIZAN AD

आइएमईले मनायो २२औं वार्षिकोत्सव

वि.सं.२०७९ जेठ २९ आइतवार

630 

shares

काठमाडौं । आईएमई लिमिटेडले  २२औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै आफ्नो २२ औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथी अर्थमन्त्री जनार्दन शर्माले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा कम्पनीले सामाजिक सुरक्षाको क्षेत्रमा गरेको कामको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष चन्द्र ढकालले गरेका थिए । कार्यक्रममा सफ्टवेर इन्जिनीयर असोक क्षेत्रीलाई कम्पनीका तर्फबाट १० हजार डलरको छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपमा बरिस्ठ उपाध्यक्ष सुमन पोख्रेलले कम्पनिले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । उनले भने, ‘अझैपनी ७/८ वर्षसम्म नेपालमा रेमिट्यान्सको महत्व धेरै रहनेछ । हामीले रेमिट्यान्सलाई बिमासंग कसरी जोड्न सकिन्छ भनेर पनि काम गरिरहेका छौं । ’

सो कार्यक्रममा बौल्दै नेपाल चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष राजेसकाजी श्रेष्ठले आगामी दिनमा सो कम्पनिले अझै थप रेमिट्यान्स भित्र्याउन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सकोस भन्ने अपेक्षा गरेका छन् । उनले भने, ‘बजेटमा वैदेशिक रोजगारमा रहेका नेपालिलाई आइपिओमा प्रतिशत छुट्याउने कुराको लागि धन्यवाद । अहिलेपनी हुण्डीको कारोबार गर्नेको संख्या धेरै छ त्यसलाई कम गर्नको लागि सो कम्पनिले आफ्नो थप विस्तार गरोस । वैदेशिक रोजगारमा जानेहरुलाई हुण्डीबाट होइन रेमिटान्सबाट पठाउन प्रशिक्षित गर्नुपर्यो ।’

यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले औद्योगिक विषयलाई केन्द्रमा राखेर बजेट आएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘औद्योगिक विषयलाई केन्द्रमा राखेर बजेट आएको छ । हामीले स्वागत पनि गरेका छौं । अब यसलाई कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण छ । आगामी आवमा सरकारले ८% आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । यसलाई कार्यान्वयन गर्न निजी क्षेत्रले १ हजार अर्वको परिचालन गर्नसक्नुपर्छ । आगामी दिनमा आउने मौद्रिक नितिले सो विषयलाई सम्बोधन गर्छ भन्नेमा मलाई विश्वास छ ।’

त्यस्तै, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. गणेश गुरुङले आईएमई ग्रुपले रेमिट्यान्सको क्षेत्रमा हाईएवे निर्माण गरेपछी अहिले सो क्षेत्रमा झण्डै ५० वटा कम्पनिहरुले काम गरिरहेको बताए । डा.गुरुङले नेपालले संसारलाई दिनसकेको मध्ये आईएमई मोडेल एक भएको बताए । उनले आईएमईलाई वर्ल्ड बैंकले पनि मनिटरिङ गरिरहेको बताए ।

त्यसैगरी, एनाआरएनएका अध्यक्ष कुल आचार्यले आइएमइले गैराअवासिय नेपालीहरुले आम्दानी गरेको रकमलाई ल्याईदिने काम गरेको बताए । उनले भने, ‘एनाअरएनए को प्रोजेक्टसंग पनि यसले सहकार्य गरेको छ । वैदेशिक रोजगार कल्याणकारी कोषबाट संघलाई थोरै सहयोग भएमा हामीले पनि थप काम गर्ने थियौं ।’ अध्यक्ष आचार्यले डलर एकाउन्ट खोल्ने सजिलो बनाइएको तर कतिपय बैंकहरुबाट कारोवार गर्दा नेपालको नाम नआउने समस्या भएको गुनासो गरे ।

त्यस्तै, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले ०५७/५८ साल्देखी मात्रै रेमिट्यान्सको तथ्यांक राख्न शुरु गरेको बताए । उनले अहिलेको अवस्थामा ल्याउन आईएमको भुमिका महत्वोपुर्ण रहेको बताए । निर्देशक पौडेलले नेपाल राष्ट्र बैंकले रेमिटान्स वालेट अगाडि बढाएको बताए । उनले भने, ‘जबसम्म हामिले मुलुकमा आर्थिक विकास गर्नसक्दैनौ तवसम्म रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउने कुरालाई व्यवस्थित गर्नुपर्छ । आगामी दिनमा बैधानिक ढंगले थप रेमिटान्स भित्र्याउने कुरामा आईएमईको भुमिकाको अपेक्षा गर्दछु ।’

उक्त कार्यक्रमका बिशेष अतिथी मुख्य सचिव शंकरदास बैरागिले रेमिटान्स भित्र्याउन सबै मिलेर काम गर्नुपर्ने बताए । उनले भने, ‘जबसम्म हामिले अन्य स्रोतबाट बिदेशी मुद्रा आर्जन गर्नसक्दैनौ तवसम्म हामीले रेमिटान्सलाई व्यस्थित गर्नुपर्छ । यसलाई उत्पादन संग जोड्नुपर्छ ।’

कार्यक्रममा कम्पनिमा १० वर्ष काम गरेका कर्मचारीहरुलाई एवार्डद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक हेमराज ढकालले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा संकरदाश बैरागी, मधुकुमार मरासिनी, श्रम सचिव एक नारायण अर्याल, राष्ट्र बैंकका निर्देशक गुरु प्रसाद पौडेल , ब्राण्ड एम्बेस्डर दिपाश्री निरौला, एनआरएनए अध्यक्ष कुल आचार्य, एनआरएनए पुर्व अध्यक्ष जिबा लामिछानेलगायतको उपस्थीती रहेको थियो ।

वि.सं.२०७९ जेठ २९ आइतवार १३:०० मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...