काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट बाहिरीएका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राजेन्द्र लिङदेन नेतृत्वको राप्रपामा फर्किएका छन् ।
राप्रपाको एकताको महाधिबशेनमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाल व्युँत्याएका कमल थापालाई साथ दिएका पौडेल र थापाद्धयले गत बैशाखमा राप्रपा नेपालबाट अलग भएर बसेका उनीहरु अन्ततः राप्रपामा फर्किएका हुन् ।

पौडेल र थापाद्धयलाई अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार राप्रपामा स्वागत गरेका हुन् । उनीहरुलाई पार्टीमा के जिम्मेवारी दिने भन्नेबारेमा टुंगो नलागिसकेको र उचित जिम्मेवारी दिइने बताइएको छ ।
राप्रपा नेपालको केन्द्रीय उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारीमा रहेका पौडेल र गुरुङले कमल थापाले राजसंस्था नबोक्ने निर्णय गर्नुका साथै स्थानीय निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरेरे अगाडि बढेपछि पौडेल र गुरुङद्धय असन्तुष्ट रहेका थिए ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार ०८:५६ मा प्रकाशित





























