काठमाडौं । असार १ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय समय हेरफेर हुने भएको छ ।
गृहमन्त्रलयद्धारा जारी सूचना अनुसार भोलीदेखि नै लागू हुने गरी सरकारले सरकारी कार्यालय समयमा हेरफेर गरेको हो । यसअघि लागू गरिएको आइतबारको बिदा खारेजभएसँगै सरकारले भोली असार १ गते बुधबारदेखि कार्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि बेलुका ५ बजेसम्म निर्धारण गरिएको छ ।
त्यसैगरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि ४ बजेसम्म र शुक्रबार पनि बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म कार्यालय समय निर्धारण गरिएको हो ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार ०८:३७ मा प्रकाशित




























