काठमाडौं । हाल नेपालमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेका कारण देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानहरुमा मेघ गर्जन÷चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति पनि प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै बाग्मती नदीको बहाव सतर्कता तह आसपास पुगेर हाल घट्दो क्रममा रहेपनि जल सतह उल्लेख्य बढ्ने रहेकाले तटिय क्षेत्रमा सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई तथा मध्य पहाडी भु–भाग भई बहने केही स–साना नदीहरुमा बहाव बढ्न सक्ने, केहीमा आकस्मिक वहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले स–साना नदीतटिय क्षेत्रमा सामान्य सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
वि.सं.२०७९ असार १ बुधवार ०९:२६ मा प्रकाशित




























