back
CTIZAN AD

अर्थमन्त्रीकाे राजीनामा मागेकाे एमालेले गर्‍यो संसद बैठक बहिस्कार

वि.सं.२०७९ असार २ बिहीवार

729 

shares

काठमाडाैं । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेर एमालेका सांसदहरु बैठक स्थलबाट बाहिरिएका छन् ।

बजेट निर्माणका क्रममा १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा दुई जना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले करको दर परिवर्तन गरेको विषयलाई लिएर एमालेले बैठक बहिस्कार गरेको हो ।

सो घटनाको छानबिनका लागि संसदीय समिति गठन र सो दिनको मन्त्रालयको सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गरेको र सुनुवाइ नभएको भन्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले बैठकको बाँकी कामकारबाहीमा आफ्नो पार्टी सहभागी हुन नसक्ने सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराए । यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसद बैठकबाट बाहिरिए ।

एमालेका सांसद बाहिरिए पनि सभामुख सापकोटाले बैठक चलाइरहेका छन् । अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि जवाफ दिइरहेका छन् । उनले कुनै पनि अनाधिकृत व्यक्ति प्रवेश नगराएको दाबी गरे ।

वि.सं.२०७९ असार २ बिहीवार १४:५१ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...