back
CTIZAN AD

शिक्षामन्त्री पौडेललाई थप दुई मन्त्रालयको कार्यभार तोकियो

वि.सं.२०७९ असार २ बिहीवार

756 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिपद् कार्यालयबाट कार्यभार तोकिएका बारेमा प्राप्त पत्रको व्यहोरा सदनलाई जानकारी गराए ।

तीन मन्त्री फरकफरक कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेकाले उनीहरुको अनुपस्थितिमा प्रधानमन्त्री देउवाले कार्यभार तोकेका हुन् । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ युरोप भ्रमणमा रहेकाले श्रेष्ठको अनुपस्थितिमा उनले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार शिक्षामन्त्री पौडेललाई तोकिएको हो ।

त्यसैगरी प्रधानमन्त्रीले यूवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज रसियामा आयोजना हुने कार्यक्रममा सहभागी हुन गएकाले उनले सम्हाल्दै आएको जिम्मेवारी पनि मन्त्री पौडेललाई तोकेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू स्वीट्जरल्याडको जेनेभामा आयोजना हुने विश्व व्यापार सङ्घको कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकाले उनले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री नारायण खड्कालाई तोकेका हुन् ।

वि.सं.२०७९ असार २ बिहीवार १७:०३ मा प्रकाशित

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...