back
CTIZAN AD

यी पाँच वाणिज्य बैंकको सेयर कारोबार रोक्का

वि.सं.२०७९ असार ५ आइतवार

918 

shares

काठमाडौं । सञ्चालनमा रहेको पाँच वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ । मर्जर र प्राप्तिमा जान लागेका नेपाल बंगलादेश बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको छ ।

नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको हो । नबिल बैंकले बंगलादेश बैंकलाई १००ः४३ अनुपातमा एक्विजिसन गर्न लागेको हो । नबिलले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि पुस ३० गतेबाट सेयर कारोबार रोक्का भएको हो ।

यस्तै मर्जरमा जाने भएपछि मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार पनि रोक्का भएको छ । हिमालन बैंकसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगालाई मर्जर गर्न लागेको छ ।

जेठ २७ गते इन्भेष्टमेन्ट र मेगा बैंकले मर्जरका लागि सम्झौता भएको थियो । २७ गते मर्जरका लागि सम्झौता भएपछि ३० गतेबाट सेयर कारोबार रोक्का भएको छ । इन्भेष्टमेन्ट बैंकले मेगालाई १००ः ९० अनुपातमा मर्जर गर्न लागेको हो ।

यता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार पनि रोक्का भएको छ । दुवै बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का भएको हो । असार २ गते दुवै बैंक १ः१ अनुपातमा मर्जरमा जान सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै बिहीबार देखि नै दुवै बैंकको सेयर कारोबार रोक्का भएको हो । सबै बैंकलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले स्विकृती दिनुपर्ने छ ।

वि.सं.२०७९ असार ५ आइतवार ०८:३१ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...