back
CTIZAN AD

श्वेतगङ्गाको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ असार ६ सोमवार

990 

shares

काठमाडौं । श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज असार ६ गते अन्तिम दिन रहेको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर निष्कासन गरेको हो ।

कम्पनीले आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्कासनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका ५, ६ र ७ र मन्थली नगरपालिका-११, १२ र १३ तथा रामेछाप नगरपालिका१ र ३ का बासिन्दाका लागि निष्कासनको २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता शेयर छुट्याइएको छ । त्यस्तै, रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ र ओखलढुङ्गाको लिखु गाउँपालिका १, २ र ३ का बासिन्दाका लागि बाँकी पाँच प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८ दशमलव एक मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

श्वेतगङ्गा हाइड्रोको आजदेखि आइपिओ बिक्रि खुला

वि.सं.२०७९ असार ६ सोमवार ११:३२ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...