काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ ।
मौसम तथा पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका केहि भू–भागमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि प्रदेश १ का केही र मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७९ असार ८ बुधवार ०८:३१ मा प्रकाशित




























