काठमाडौं । प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बालुवाटार स्रोतले जनाएअनुसार बैठकमा मन्त्री हेरफेरबारे छलफल हुनेछ ।
बैठकमा गठबन्धनका सबै शीर्ष नेता सहभागि हुने जनाइएको छ ।
सत्ता साझेदार दलहरु नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जसपाभित्र मन्त्री हेरफेर गर्न दबाब छ । एकीकृत समाजवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेको छ । तर, बजेटलाई देखाउँदै मन्त्री हेरफेर हुन सकेको छैन ।
आजको बैठकले मन्त्री हेरफेरबारे ठोस निर्णय लिनेछ । साथै, कतिपय विवादित देखिएका मन्त्रीको विषयमा पनि बैठकले निर्णय लिन सक्ने बुझिएको छ ।
वि.सं.२०७९ असार ८ बुधवार १३:२० मा प्रकाशित




























