back
CTIZAN AD

एकल प्रस्तुतिका लागि आनि छोइङ अमेरिका आउने

वि.सं.२०७३ चैत ९ बुधवार

816 

shares

aniवाशिंगटन डिसीख्यातिप्राप्त गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङ युनिटी एण्ड होप युएस टुर -२०१७ (“एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रममा अमेरिका आउने भएकी छिन्।

वाशिंगटन डिसी क्षेत्रमा स्थापना भएको प्रख्यात कार्यक्रम आयोजक संस्था 3ई इन्टरटेनमेन्ट ले आनी छोइङको कार्यक्रम गर्ने भएको छ l झन्डै एक महिने अमेरिकाको यात्रा रहेको आनीको कार्यक्रम जुन ३ देखि जुन २५ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा एकल गायन तथा प्रस्तुति हुने छन् l

आयोजकले जानकारी गराए अनुसार हाल सम्म लस एन्जेलस ,सन फ्रान्सिस्को ,सियाटल ,ओरेगन ,बोस्टन तथा वाशिंगटन डिसीमा आनीको कार्यकम हुने तय भै सकेको छ। बिदेशी तथा नेपाली दुवै समुदायलाई लक्ष्य गरि उक्त कार्यक्रम गरिने भएको छ ।

गत बर्ष २०१६ मा डिसीमा आनी छोइङ्गको कार्यक्रम भिन्तुना अन्तर राष्ट्रियले आयोजना गरेको थियो भने यस पटक 3ई इन्टरटेनमेन्टले आयोजना गर्ने भएको छ।

भिन्तुना कै अङ्ग रहेको 3ई (इनकरेज ,इङ्गेज र ईमपावर ) इन्टरटेनमेन्टको मुख्य लक्ष्य प्रोत्साहन ,संलग्न तथा सशक्तिकरण गर्नुको साथै नेपाली कलाकार ,संगीत ,संगीतकार ,चलचित्र कलाकार तथा उदाउदै गरेका प्रतिभाशाली सबैलाई अमेरिका तथा क्यानडामा अवसर प्रदान गर्दै प्रवर्धन गर्नु को साथै मंच उपलब्ध गराउनु रहेको छ। यसको साथै अमेरिकामा रहेका स्थानीय कलाकारहरुलाई प्रोत्साहन तथा संलग्न गराउदै उत्तम प्रदर्शन गराउनु हो ।

एसियाली मुलुकमा माथिल्लो दर्जामा पुगेकी आनी छोइङ्ग चीनमा अत्यधिक चर्चामा पुग्न सफल रहेकी छिन् l नेपालमा संचालनमा रहेका आनीका परियोजनाहरु आरोग्य फाउन डेसन ,आर्य तारा पाठशाला लगायत अन्यलाई समेत सहयोग मिल्न सकोस भन्ने हेतुले युनिटी एण्ड होप युएस टुर -२०१७ को आयोजना गरिएको आयोजकले बताएका छन् l

आनीका लोकप्रिय गितहरु फुलको आँखामा फुलै संसार ,बटुवा हो बटुवा ,जय होस् तिम्रो मंगल होस् , ओम माने पेमे ,ओम तारे ,हुन्छ मलाई बिहान त्यो क्षण ,ईक्षा मेरो ,हे भगवान जस्ता रहेका छन् ।

“एकता र आशा युएस यात्रा -२०१७ नामक सांगीतिक कार्यक्रममा न्हू बज्राचार्य ,रमण महर्जन तथा गोपाल रसाईली पनि आनीको साथमा आउने छन् l गत बर्ष डीसीमा फुलको आँखामा फूलै संसार गित संगीतकार न्हू बज्राचार्यलाई सुरु गर्न आग्रह गरे पछि उनले सुरुवात गरेका थिए भने पछि आनीले गाएकी थिइन् ।

आनी छोइङ्गले गत बर्ष २०१६ मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन l उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो ।संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको आनीले गाएकी थिइन् ।

वि.सं.२०७३ चैत ९ बुधवार १२:४७ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...