काठमाडौं । नेपालमा आज थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३०१० नमुना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी आज थप १९ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएका १९ सँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५३५ पुगेको छ ।
नेपालमा हालसम्म कूल संक्रमित भएका ९ लाख ७९ हजार ८३५ संक्रमित मध्ये ९ लाख ६७ हजार ५३५ जना निको भइसकेका छन् भने ११ हजार ९५२ जनाको ज्यान गएको छ ।
हाल देशैभरी कोरोनाका सक्रिय संक्रमितको संख्या ३४८ रहेको छ । ती मध्ये ३४४ जना होम आइसोलेशनमा रहेका छन् । साथै संस्थागत आइसोलेशनमा ४, आइसीयुमा ४ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।
नेपालमा पछिल्ला केहीदिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
त्यस्तै आज १ लाख ४४ हजार ६६६ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।
वि.सं.२०७९ असार २० सोमवार १६:५५ मा प्रकाशित






























