back
CTIZAN AD

बिग एजुकेसन कन्सल्टेन्सीले ओपन फुटसल टुर्नामेन्ट प्रतियोगिता गराउँदै

वि.सं.२०७९ असार २१ मंगलवार

774 

shares

बिग एजुकेसन कन्सल्टेन्सीले ‘५ ’ए’ साइट ओपन फुटसल टुर्नामेन्ट प्रतियोगिता’को आयोजना गर्ने भएको छ ।

विद्यार्थीको रोजाईको र पृथक परिचय बनाउन सफल एजुकेसन कन्सल्टेन्सीले प्रतियोगिता आगामी साउन १४ गते अर्थात् जुलाई ३० मा आयोजना गर्ने भएको हो । प्रतियोगिता ललितपुरको इमाडोलस्थित यला फुटसल एण्ड रिक्रिएसन सेन्टरमा हुने आयोजकले जनाएको छ ।

खुल्ला प्रतियोगिता भएको कारण जुनसुकै टोलीले यस प्रतियोगिता खेल्न पाउने छन् भने सहभागिता जनाउनले ४ हजार दर्ता शुल्क तिर्नुपर्नेछ । प्रतियोगिताको विजेतालाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टिमले नगद ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता खेलाडीलाई फुटसल बुट, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको पनि उक्त कन्सल्टेन्सीले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा बिग एजुकेसन कन्सल्टेन्सी तथा इन एसोसियसन विथमा मो बो स्टेसन र हिमालयन जाभा रहेको छ भने प्रतियोगिताको मेडिकल पार्टनरमा लियो अल्का क्लब र मिडिया पार्टनरमा खेलपाटी डटकम रहेको बताइएको छ ।

वि.सं.२०७९ असार २१ मंगलवार १२:०५ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...