back
CTIZAN AD

अमरनाथमा बादल फाट्दा १६ जनाको मृत्यु, ४० बेपत्ता

वि.सं.२०७९ असार २५ शनिवार

717 

shares

नयाँदिल्ली । भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाटिदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ ।

एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्दारमा कुनै कठिनाइ नभएको बताएको छ ।

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन् । चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन् ।

अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन् । एएनआई

वि.सं.२०७९ असार २५ शनिवार १४:०२ मा प्रकाशित

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...