back
CTIZAN AD

सालिक

वि.सं.२०७९ असार २५ शनिवार

954 

shares

पहिले पहिले शासकहरू
गजब गजबका बनाउँथे आफ्ना सालिक
र आत्मरतिमा रमाउँथे
अहिलेका शासकहरू पनि
सालिक बन्नमै मग्न छन्

सालिकको नियति
अरूको भत्काउँदै जाने
आफ्नो बनाउँदै जाने
पछि आफ्नो पनि भत्किने
छायाजस्तै
हिंड्दै छ पाइला मेट्दै छ सालिक

सालिकको अनावरणमै
देखिन्छ भत्काउनेको लाम

मलाई त ढुंगाकै लाग्छ माया
के दोष उसको ?
फुटिरहनु पर्ने
बनिनसक्दै भत्किरहनु पर्ने
श्रद्धाको रंग हैन
पोतिरहनु पर्ने हिलो अनुहारभरि
अपमानले कोतरेर घाउ नै घाउ बनाइरहनु पर्ने अवयवभरि

सालिक बनिने क्रममा
ढुंगाले पनि सोच्दोहोला-
सालिक बनिनुभन्दा
किन बन्न सकिन्न
जनताको मनको मालिक ?

वि.सं.२०७९ असार २५ शनिवार २१:५१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...