back
CTIZAN AD

गठबन्धनप्रति ओलीको टिप्पणी : यो निष्प्राण भइसक्यो, बोकेर हिँडिरहे हैजा फैलाउँछ

वि.सं.२०७९ असार २७ सोमवार

885 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन कायम रहनु हानिकारक हुने बताएका छन् । सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा उनले गठबन्धन निष्प्राण भइसकेको भन्दै बोकेर हिडिँरहे समाजमा हैजा फैलिने बताए ।

उनले भनेका छन्, “यो गठबन्धन मृत भइसक्यो । यस्तो गठबन्धन बोकेर हिँडेर काम लाग्दैन । अब सतीदेवीको जस्तो अंग झर्दै जान्छ । अस्ती एउटा अंग झर्‍यो । यसको अ‌ंग झरेको ठाँउमा कुनै पीठ बन्दैन । त्यसैले यो परमादेशी सरकारको कुनै अर्थ छैन ।”

गठबन्धनमा रहेका दलहरूका अनेकका स्वार्थ मात्रै रहेको भन्दै उनले यसको कुनै गन्तव्य नरहेको बताए ।

“अनेकका अनेक स्वार्थ छन्, उद्देश्य र गन्तव्य छैन, सुशासन, विकास हुनुपर्छ भन्ने एजेण्डामा एमाले अघि बढेको छ र अर्को पोल गठबन्धन टिकाउने र लुटपाट र हाटहुट गर्नुपर्छ भन्ने मात्रै शक्ति छ”, उनले भने ।

ओलीले मुलुक चुनावका प्रवेश गरिसकेको भन्दै सरकारको काम नभएको टिप्पणी गरे ।

वि.सं.२०७९ असार २७ सोमवार १७:३९ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...