back
CTIZAN AD

सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा आँखा शिविर सञ्चालन

वि.सं.२०७९ असार २८ मंगलवार

828 

shares

काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बैंकले कैलालीको चुरे गाउँपालिकामा निशुल्क आँखा चेकजाँच शिविर संचालन गरेको हो ।

बंैकले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्रज्योतीसंघ गेटाआँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निशुल्क आँखा चेकजाँच शिविर गरेको जनाएको छ । बैंकका अनुसार उक्त एक दिने निशुल्क आँखा चेकजाँच शिविरमा ४ सय भन्दा बढीले निशुल्क आँखा चेकजाँच गराएका थिए भने औषधी तथा निशुल्क चस्मा समेत बितरण गरिएको थियो ।

बैंकले बैंकिङ्ग सेवाका अतिरिक्त सामाजिक उत्तरदायित्व बहनगर्दै सो कार्यक्रम आयोजना गरेको जनाएको छ । बैंकले शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई निशुल्क शल्यक्रिया समेत गरिने जानकारी दिएको छ । स्थानिय व्यक्तिहरुलाई सेवा दिने उद्देश्यले बैंकले गाउँमै निशुल्क आँखा चेकजाँच कार्यक्रम आयोजना गरिदिएकोमा स्थानियहरुले धन्यबाद समेत दिएको बताइएको छ ।

No description available.

यसैगरी बैंकले बिर्तामोड शाखाको आयोजना तथा दृष्टि आखाँ अस्पताल बिर्तामोडको सहकार्यमा अर्जुनधारा नगरपालिका वडा नं. ३ कार्यालय परिसर खुदुनाबारीमा एक दिने निःशुल्क आँखा तथा कान परिक्षण शिविर सम्पन्न गरेको छ ।

उक्त शिविरमा समेत सहभागी २८० जनाको निशुल्क आँखा तथा कान परिक्षण गर्नुका साथै चश्मा र औषधी निशुल्क प्रदान गरिएको बैंकले जनाएको छ । उक्त कार्यक्रमा मोतिबिन्दु देखिएका १४ जनाको निशुल्क शल्यक्रिया समेत गरिने बिर्तामोड शाखाका प्रमुख गणेश कुमार गुरागाईले जानकारी दिएका छन् ।

वि.सं.२०७९ असार २८ मंगलवार १०:४० मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...