back
CTIZAN AD

भारतमा दुवईबाट आएका व्यक्तिमा ‘मङ्कीपक्स’ भेटियो

वि.सं.२०७९ साउन २ सोमवार

768 

shares

नयाँ दिल्ली ।भारतमा ‘मङ्कीपक्स’को दोस्रो सङ्क्रमित व्यक्ति भेटिएको छ ।

दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन् ।

केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे सहरको नेशनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआईभी) मा उनको नमुना परीक्षण गरिएपछि दोस्रो मङ्कीपक्स सङ्क्रमण पुष्टि गरिएको हो । केरला सरकारले यो रोगविरुद्धको रोकथामका उपायलाई तीव्रता दिएको छ ।

कन्नूर जिल्लाका स्थायी बासिन्दा ३१ वर्षीय युवकको केरलाको एक सरकारी अस्पतालमा उपचार भइरहेको बताइएको छ । “उनी जुलाई १३ मा दुबईबाट केरला आएका थिए ।”

अधिकारीले भने, “मङ्कीपक्स सङ्क्रमित बिरामीको स्वास्थ्य चिन्ताजनक अवस्थामा नरहेका बताइएको छ । प्रशासनले उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि समूहमा घुलमिल नहुन भनिएको छ साथै चिकित्सकहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई पनि अवलोकन गरिरहेका छन् ।”

मुलुककै पहिलो ‘मङ्कीपक्स’को बिरामी केरालामा नै पत्ता लागेको थियो । तर ती सङ्क्रमित व्यक्ति संयुक्त राज्य अमेरिकाबाट आएका यात्री थिए र जुलाई १२ मा उनी केरला आइपुगेका थिए ।

भारतमा ‘मङ्कीपक्स’को पहिलो सङ्क्रमण पुष्टि भएपछि केन्द्र सरकारले ‘मङ्कीपक्स’लाई फैलिन नदिन आवश्यक सावधानी अपनाउन र परीक्षणलाई व्यापक बनाउन वरिष्ठ चिकित्सकसहितका समूहलाई विभिन्न राज्यमा पठाएको थियो । सिन्ह्वा

वि.सं.२०७९ साउन २ सोमवार २०:५१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...